प्रहरीले पक्राउ परेका व्यक्तिका फोटो भिडियो अब सार्वजनिक नगर्ने

काठमाण्डौ। प्रहरीले अब कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो र भिडियो सार्वजनिक नगर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यलयलाई परिपत्र समेत गरिसकेको जनाएको छ ।

कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन देशैभरका प्रहरी युनिटमा परिपत्र गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

जघन्य अपराध घटना वा त्यस्ता फोटो भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बन्धित निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने प्रवक्ता घिमिरेले जानकारी दिनु भएको छ।

 

प्रतिक्रिया दिनुहोस