रोल्पाली उवा समाजको राँके पर्व शुरु

घोराही। रोल्पाली उवा सेवा समाज दाङको आयोजनामा घोराही-१३ स्थित तुरुन्तपुरमा राँके तिहार पर्वको नाच शुरु भएको छ।

समाजका अध्यक्ष विक्रम रोका मगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा तथा घोराही-१४ का वडा अध्यक्ष भानसिं बुढा मगरको विशिष्ट आतिथ्यतामा बिहीवार राँके तिहार पर्व उदघाटन भएको हो।

उप-प्रमुख डिसीले कला संस्कृति संस्कारलाई बचाउनुमा समाजको अग्रपंक्ति भुमिका रहेको र यो कला संस्कृति संरक्षण गर्न पनि सिङ्गो नगरको पनि दायित्व कर्तव्य रहेको साथै आगामी दिनमा घोराही उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी विशिष्ट अतिथि बुढा मगरले उवा समाजले स्थापना भएको छोटो समयमा थुप्रै सामाजिक आर्थिक काम कार्यहरू गरेको साथै आफ्नो कला संस्कृति जगेर्ना गर्न बचाउन समाजको भुमिका रहेको भन्दै साउने संक्राति राँके पर्वको शुभकामना व्यक्त गर्नुभयो।

घोराही-१३ का वडा सदस्य राजिव हौजाली, रोल्पाली सेवा समाज रोल्पाका केन्द्रीय अध्यक्ष डिलाराम वली, तकसेरा समाज दाङका अध्यक्ष मित्रलाल बुढा मगर, र नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

रोल्पाको उवाबाट दाङको विभिन्न ठाउँहरुमा बसाइँ-सराइ गरी आएकाहरुले आफ्नो कला संस्कृतिको संरक्षण जगेर्ना गर्न लागेको साउन १ गते देखी ५ गते सम्म राँके पर्व नाच संचालन हुने अध्यक्ष रोका मगरले बताउनुभयो।

स्वागत मन्तव्य समाजका कोषाध्यक्ष वीर बहादुर रोका मगर र सचीव सुनकुमारी घर्ती मगरले कार्यक्रम कुशलता पुर्वक संचालान गरेकी थिइन्।

बाँकी तस्वीरहरु

   
   
   
   
   
   

प्रतिक्रिया दिनुहोस