असार २७। रोल्पा जिल्लाका पुराना राजनीतिज्ञ पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन भएको छ ।
घर्ती मगरको आज ललितपुरको बिएण्डबि हस्पिटलमा उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले घर्तीमगरको निधनबारे जानकारी दिँदै भनेका छन्। पुराना राजनीतिज्ञ, राप्रपाका संस्थापक एवं वरिष्ठ नेता, देशको मन्त्री समेत भइसक्नु भएका रोल्पाका लोकप्रिय नेता बालाराम घर्ती मगरको ललितपुरको बिएण्डबि हस्पिटलमा उपचारका क्रममा दुस्खद निधन भएको छ।
प्रवक्ता श्रेष्ठले पछिल्लो समय घुँडाको समस्या देखिएको थियो । आज बिहान अस्पताल भर्ना भएका घर्तीमगरको बिहान साढे १० बजेतिर निधन भएको प्रवक्ता श्रेष्ठले बताए।