दाङ। घोराही उपमहानगरपालिका- १५ स्थित बिपी चोक नजिक संचालित रहेको लोटस ट्रेनिङ सेन्टरबाट मंगलबार प्रहरीले पेस्तोल सहित एकजना युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यान गाउँपालिका-३ फलाटेका वर्ष १९ का अजय बिक रहेका छन। हातहतियार लुकाइराखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यलयबाट प्र.नि. सुरज सिंहको कमाण्डमा खटिएको प्रहरीले ट्रेनिङ सेन्टरको होस्टेल भित्र खानतलासी गर्दा बिक सुत्ने खात मुनि लुकाइराखेको कालो रङको भिर्ने झोलामा १ थान पेस्तोल ४ राउन्ड गोली र ७ राउन्ड क्षमता भएको १ थान म्याग्जिन प्रहरीले बरामद गरेको हो।
बरामद हतियार सहित निज बिकलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए।
![]() |
|