घोराही। रोल्पाली सेवा समाज दाङ शाखाले संरक्षक र सल्लाहकार चयन गरेको छ।

रोल्पाली सेवा समाज दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्काको अध्यक्षतामा तथा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको प्रमुख आतिथ्यतामा आज घोराहीमा बसेको बैठकले संरक्षक र सल्लाहकार चयन गरेको हो।
दाङ शाखाको संरक्षकमा पुन: दर्जित रोका मगर र प्रमुख सल्लाहकारमा पदम केसीलाई चयन गरिएको हो। यसैगरी टेक बहादुर वली, तिलक रावत, श्यामसुन्दर घर्ती मगर र प्रेम बुढा मगरलाई सल्लाहकारमा चयन गरिएको छ।
निवर्तमान दाङ शाखाका संरक्षक, सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरुलाई समाजले कदर पत्रले सम्मान समेत गरेको छ। समाजका उपाध्यक्ष घनश्याम गिरिको स्वागत मन्तव्य र बैठक महासचिव सूर्य भुषालले संचालन गरेका थिए।