रोल्पा कोर्चाबाङ समाज दाङको रक्तदान कार्यक्रम सम्पन्न

घोराही। रोल्पा कोर्चाबाङ समाज सेवा समिति घोराही दाङले रक्तदान जीवनदान भन्ने नारा सहित शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान ३६ जनाले गरेका छ्न्।

समाजका अध्यक्ष कैलाश घर्ती मगरको अध्यक्षतामा  तथा नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङका सभापति थम्मन चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। विशिष्ट अतिथि चौधरीले कोर्चाबाङ समाजले अत्यन्तै महत्व रक्तदान कार्यक्रम आयोजना गरेकोमा रेडक्रसको तर्फबाट आभार प्रकट गर्नुभयो। साथै अन्य संघ संस्थाले पनि यस्तै कार्यक्रमहरु संचालन गरे कयौं बिरामीको ज्यान बच्न सक्ने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका-१४ का वडा अध्यक्ष भानसिं बुढा मगर काम विशेषले अनुपस्थित हुनुभएको थियो।

यसैगरी अतिथिहरु नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रियासन र रक्त संचार केन्द्र दाङका इन्चार्ज दिलिप न्यौपानेले आफ्नो मन्तव्य राख्नुभएको थियो।

रक्तदान गर्नेहरुमा कैलाश घर्ती मगर, दिपेश पुन मगर, दिपेन्द्र घर्ती मगर, हरि घर्ती मगर, भिम कुमार बुढा मगर, तारा प्रकाश घर्ती मगर, प्रेम क्षेत्री, तुल बहादुर क्षेत्री, मोहन बि क, पवित्रा रोका, सन्तमाया पुन, सुनमती झाँक्री मगर, रङ्गुन बाठा मगर, रबिना रोका, सुप्रभा घर्ती मगर, दिलमाया घर्ती मगर, चन्द्रमा बिक, राजकुमार केसि, सुरज रोका मगर, खगेन्द्र घर्ती मगर, शुभम सुनार, मिलन घर्ती मगर, शिवराज बिक, रविन्द्र रावत, महेश गोसाई, राम बहादुर बि क, प्रदिप घर्ती मगर, तिलक वली, इन्द्रा बुढा मगर, गिता सुनार, दितल घर्ती मगर, श्याम कुमार बिक, जंग घर्ती मगर, दिवाकर बुढा मगर, भरत घर्ती मगर र बाटुली घर्ती मगर रहेका छन।

रक्तदाताहरुलाई सभा अध्यक्ष घर्तीमगरले आभार-पत्र प्रदान गर्दै सम्मान समेत गरेका थिए। घोराही-१४ नयाँ बसपार्कमा रहेको एपीएस ट्रेनिङ सेन्टरका रक्तदाताहरुले कार्यक्रममा थप मनोरञ्जन प्रस्तुत गरेका थिए।

कार्यक्रम व्यवस्थापनका लागि गणबहादुर घर्ती मगर, हरि प्रसाद घर्ती मगर, महेन्द्र घर्ती मगर र दितल घर्ती मगरले आर्थिक सहयोग प्रदान गरेका थिए। समाजका उपाध्यक्ष अमर घर्ती मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव महावीर घर्ती मगरले गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस