भरुवा बन्दुक सहित रावत पक्राउ

घोराही। दाङको बङ्गलाचुलीमा भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बङ्गलाचुली गाउँपालिका-३ लेखटापा निवासी ४४ वर्षीय लुम बहादुर रावटले आफ्नै घरमा अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय दाङबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा प्रहरी टोलीले खानतलासी गर्दा लुकाई राखेको अबस्थामा १ नाले भरुवा बन्दुक रावतको घरबाट फेला पारी नियन्त्रणमा लिई जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए।

 

 

 

प्रतिक्रिया दिनुहोस