रोल्पाली सेवा समाज शाखा दाङको प्रथम अधिवेशन सम्पन्न

घोराही। रोल्पाली सेवा समाज शाखा दाङको प्रथम अधिवेशन सम्पन्न भएको छ।

बुधबार सम्पन्न भएको उक्त अधिवेशनबाट पुनः ओम प्रकाश खडकाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। जसमा वरिष्ठ उपाध्यक्ष भिमसेन डाँगी, उपाध्यक्ष देउचन वली, महिला उपाध्यक्ष दिल कुमारी घर्ती, उपाध्यक्ष घनश्याम गिरी, कोषाध्यक्ष सुनकुमारी घर्ती,महासचिव सूर्य बहादुर भुषाल, सचीव पवन रसाइली, प्रवक्ता कैलाश घर्ती मगर रहेका छन। सदस्यहरुमा कल्पना घर्ती मगर, अरुणा घर्ती मगर, लिलमती बुढा, राजकुमारी पुन, बनिता घर्ती, माया पुन, रवीन्द्र रोका, दिल बहादुर पुन, कमेनी पुन, देउकली खत्री, आश बहादुर घर्ती र सुनकुमारी घर्ती चयन भएका छन।

रोल्पाली सेवा समाज शाखा दाङका अध्यक्ष ओम प्रकाश खडकाको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन (सिजल) को प्रमुख आतिथ्यमा एवंम रोल्पाली सेवा समाज केन्द्रीय अध्यक्ष डिलाराम वलीको विशिष्ट आतिथ्यमा घोराही-१४ सभा हलमा अधिवेशन सम्पन्न भएको हो।

रोल्पाली सेवा समाजले सेवामूलक कार्यहरू गरेको भन्दै विदेशमा बस्ने नेपालीहरुले ठुलो मात्रामा रेमिट्यान्स भित्र्याउँछन र देशको अर्थतन्त्र धानेको छ। विदेशमा गएर कमाएको जोडेको सम्पत्तिलाई घरमा बचत र सहि ठाउँमा लगाउनु पर्ने प्रमुख अतिथि पुनमगरले बताउनु भयो। रोल्पाबाट दाङ झरेर धेरै रोल्पालीले प्रगति गरेका छन खुसी लाग्छ। केहि भने गलत संगतमा लागु औषध चरेस गाँजा जस्ता ओसारपसार गर्दा प्रहरीले पक्रने गरेको छ। यसतर्फ समाजले सचेतना मुलक कार्यक्रम संचालन गरी मानिसलाई सचेत बनाउन समेत भन्नुभयो। रोल्पाली र गैर-रोल्पालीको ढुकढुकी भएको बताउदै। रोल्पाली सेवा समाज शाखा दाङलाई अधिवेशनको शुभकामना व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि केन्द्रीय अध्यक्ष ओलीले रोल्पाली सेवा समाजको ७ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै समाजले अहिले सम्म गरेका गतिविधि प्रिजेन्टेसन गर्नुभएको थियो।

सो अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय सचीव सविन प्रीयासन, नेपाल मगर संघ दाङ जिल्ला अध्यक्ष मुक्त बुढा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, रोल्पाली सेवा समाजका केन्द्रीय महासचिव शेर बहादुर डाँगी, रोल्पाली सेवा समाजका केन्द्रीय सल्लाहकार टिकाराम उडासी, रोल्पाली सेवा समाज शाखा दाङका संरक्षक दर्जित रोका, रोल्पाली सेवा समाज शाखा दाङका प्रमुख सल्लाहकार शक्तिराम डाँगी, महिला नेत्री सम्झना घर्ती र संयुक्त विद्यार्थी मंच रोल्पाका अनिल केसीलगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसैगरी रोल्पा करेटी समाज, रोल्पा कोर्चाबाङ समाज, रेउघाली समाज, रोल्पा जंकोटी समाज, ढाङढुङ्गे कुरेली समाज, रोल्पा कोट गाउँले समाज, थबाङ्गी सेवा समाज, रोल्पाली उवा समाज, रोल्पा मिरुले समाज, उवा घुस्बाङ्गी खाम समाज, जेल्बाङ्गी समाज, तालाबाङ्गी समाज, नमुना आमा समुह र युनिक पन्चेबाजा लगायतका अतिथिहरुको उपस्तिथि सँगै शुभकामना मन्तव्य रहेको थियो।

प्रेस संयोजक कैलाश घर्ती मगरको सुरुवात सहजीकरण समाजका उपाध्यक्ष देउचन वलीको स्वागत मन्तव्य कार्यक्रमको सन्चालन महासचिव घनश्याम गिरीले गर्नुभएको थियो। कार्यक्रम अवधिभर विविध सांस्कृतिक झाँकी र नृत्य प्रस्तुतिले कार्यक्रम थप मनोरञ्जन बनेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस