
एपिएस ट्रेनिङ सेन्टरका संचालक दिवाकर बुढा मगरको अध्यक्षता तथा सशस्त्र प्रहरी बल नेपालका पूर्व सशस्त्र प्रहरी उपरीक्षक कर्ण बहादुर बुढा मगरको प्रमुख आतिथ्यमा एवं सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका उपाध्यक्ष कैलाश रोका मगरको विशिष्ठ आतिथ्यमा बधाई तथा सम्मान गरिएको छ।

प्रमुख अतिथि बुढा मगरले यसरी युवाहरू नेपाली सेना जस्तो गौरवमय इतिहास बोकेको संस्था नेपाली सेनामा छनौट हुनु भनेकै राष्ट्रलाई समर्पण बलियो बनाउनु हो भन्नुभयो। नेपाली सेना भित्र रहेर अनुशासनको जिम्मेवार कर्तव्य पालना गर्दै देशको सेवा गर्न साथै नेपाली सेना भित्र पनि धेरै अवसरहरु भएकाले शिक्षालाई प्राथमिकतामा राखी उच्च तहमा पुग्न भन्दै नेपाली सेना बन्न सफल युवाहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। स्थापना भएको छोटो समयमै सेन्टरले उदाहरणीय भूमिका खेलेको पनि बताउनुभयो।

विशिष्ठ अतिथि रोका मगरले युवाहरु देशको सेवामा लाग्न नेपाली सेनामा सेवा प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिनुभयो। स्थापना भएको छोटो समयमै युवाहरुलाई सेना बन्न योग्य बनाएकोमा सेन्टरको प्रसंसा समेत गर्नुभयो।

नेपाल प्रहरीका प्रहरी निरीक्षक किस्मत बुढा मगर, एपिएस ट्रेनिङ सेन्टरका संरक्षक युवा व्यवसायी भरत घर्ती मगर, नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक दिपक शर्मा, नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सौजन डाँगी र युवा व्यवसायी अनिल डिसि लगायतका अतिथिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमका सभा अध्यक्ष बुढा मगरले विद्यार्थीहरुको कडा मेहनत र एपिएस ट्रेनिङ सेन्टरको महत्त्वपूर्ण भूमिकाले छोटो समयमा सफलता हासिल गरेको भन्नुभयो।

घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कमा संचालनमा रहेको सेन्टरबाट नेपाली सेनाको जवान भर्नाको अन्तिम नतिजामा ९ जना विद्यार्थीहरु नेपाली सेनामा भर्ना हुन सफल भएका हुन। नेपाली सेना बन्न सफल विद्यार्थीहरु भिम कुमारी पुन मगर, सिमाना रोका मगर, शारदा रोका मगर, खिम बहादुर घर्ती मगर, जंग बहादुर घर्ती मगर, पारस घर्ती मगर, राकेश पुन मगर, अगन घर्ती मगर र विकास बुढा मगर रहेका छन।
नेपाली सेनामा छनौट भर्ना भएका विद्यार्थीहरुलाई सेन्टरले बधाई व्यक्त गर्दै सम्मान समेत गरेको छ। सम्मान पत्र प्राप्त गरेपछि नेपाली सेना बन्न सफल जंग बहादुर घर्ती मगरले खुसी व्यक्त गर्दै एपिएस ट्रेनिङ सेन्टरले हामीलाई मार्गदर्शन दिएको कडा मेहनतका कारण आफु सेनामा भर्ना हुन सकेको बताए। आफु जस्तै युवाहरूलाई एपिएस ट्रेनिङ सेन्टरमा जोडिन पनि सल्लाह दिए।
एपिएस ट्रेनिङ सेन्टरले नेपाली सेना, नेपाल प्रहरी जनपद, सशस्त्र प्रहरी बलका लागि शैक्षिक कक्षाहरु संचालन गरिरहेको छ। स्थापना भएको चार महिनामै ९ जना विद्यार्थी नेपाली सेनामा भर्ना गराउन सफल भएको छ। एपिएस ट्रेनिङ सेन्टरका प्रशिक्षक झकेन्द्र घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको बीचमा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो। भने कार्यक्रमको संचालन थुर्पा अनलाइनका संचालक कैलाश घर्ती मगरले गर्नुभएको थियो।
![]() |
ReplyForward |