गाईदेउ रोधी झ्याउरे नयाँ म्युजिक भिडियो बजारमा

दाङ। गाईदेउ रोधी झ्याउरे बोलको नयाँ गीत बजारमा आएको छ। बिपसन चित्र नामक युट्युब च्यानलबाट सार्वजनिक यो गीतमा चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र तिपेन्द्र बुढा मगरले स्वर भरेका छन।

आको रैछ रोधीमा यो काले।
था पाएसी मार्छन नि घरकाले।

बल्ल भेटे यो मनकी परिलाई।
पल्लो गाउँकी नक्कली मोरिलाई।

युवा पुस्ताको माया प्रेममा आधारित कथा प्रेमिल मनमा गहिरो छाप छोड्न सक्षम यो गीतको शब्द रचना तिपेन्द्र बुढा मगरले गरेका हुन। यो गीतको एरेन्जमा गायक सर्जक अमर रोका मगर विज्ञानको रहेको छ। सुमन लामा तामाङको उत्कृष्ट निर्देशनमा बनेको भिडियो पक्षलाई थप जीवन्त बनाउन ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकनमा महत्त्वपूर्ण भूमिका खेलेका छन।

भिडियोमा मुख्य कलाकार मोडेल विजय पुन मगर, निशा घर्ती मगर लगायत शेखर घर्ती मगर र खिमा मगरको अभिनय रहेको छ।  नेपाल मगर संघ पेनाङ मलेसियाका अध्यक्ष वीरश पुन मगरको लगानीमा निर्माण भएको हो।

रोल्पाको माडी गाउँपालिका-६ लाप्चुन निवासी हाल मलेसियामा रहेका तिपेन्द्र बुढा मगरको यो पहिलो सांगीतिक
कोशेली रहेको छ। बुढा मगर रोल्पाली सेवा समाज मलेसिया शाखाका अध्यक्ष समेत हुन।

गीतमा प्रेममा रहेका जोडीको प्रेमिल कल्पना रोधीमा हुने युवायुवतीको संवाद गीतमा सुन्न र भिडियोमा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस