दाङ। बंगलाचुली गाउँपालिकामा स्वास्थ्य हाम्रो अधिकार एम्बुलेन्स खोइ सरकार भन्ने नारा सहित प्रदर्शन भएको छ।
बंगलाचुली वातावरण तथा दिगो विकास संरक्षण समिति द्वारा आयोजित कार्यक्रममा स्थानीय युवाहरूको उपस्थितीमा आज प्रदर्शन भएको समितिका अध्यक्ष सुशील परियारले बताएका छ्न।
एक वर्ष भन्दा बढी एम्बुलेन्सको अभावमा रहेका बंगलाचुलीका जनतालाई एम्बुलेन्स उपलब्ध गराउन आज प्रदर्शन गरिएको हो। एम्बुलेन्सको अभावमा सास्ती भोग्दै आएका जनतालाई निराश नबनाउन अनुरोध र खबरदारी समेत गरेका छ्न। बिरामी हुँदा अटो, बस जस्ता सवारीसाधन प्रयोग गरि घोराही अस्पतालमा उपचार गर्न जानुपर्ने बाध्यता त्यसैमा सडक पनि जिर्ण अबस्थामा भएकाले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको युवाहरूको प्रदर्शन भएको समितिका अध्यक्ष परियारले बताए।