रोल्पा कोर्चाबाङ समाज दाङको तेस्रो अधिबेशन सम्पन्न

दाङ / रोल्पा कोर्चाबाङ समाज सेवा समिति दाङको तेस्रो अधिबेशनले कैलाश घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। घोराहीमा सोमबार सम्पन्न बैशाख १ गते नयाँ वर्ष २०८२ सालको अवसरमा वनभोज तथा शुभकामना आदानप्रदान सँगै तेस्रो अधिबेशनले सर्वसम्मत रुपमा १७ जनाको कार्यसमिति गठन गरेको हो।समाजको उपाध्यक्षमा अमर घर्तीमगर सचीव महावीर घर्तीमगर सहसचिव सुभद्रा पुन मगर कोषाध्यक्षमा हेम कुमारी पुन मगर रहेका छन् । यस्तै सदस्यहरुमा दिपेन्द्र घर्तीमगर (प्रभाकर) गणबहादुर घर्तीमगर (पर्वत) तारा प्रकाश घर्तीमगर, भरत घर्तीमगर, श्याम बिक, भिम बहादुर घर्तीमगर, आशबिर घर्तीमगर, मनकुमारी पुनमगर, डम्बर बाठा मगर, दुर्गा कुमारी घर्तीमगर, भिम कुमार बुढा मगर र नवीन पुन मगर रहेका छन्।

कार्यसमितिको पहिलो बैठकले सल्लाहकार समिति चयन गरिने भएको छ। नयाँ २०८२ सालको भित्ते पात्रो समाजले विमोचन गरेको छ। पात्रो निशुल्क रुपमा वितरण समेत गरिएको छ। रोल्पाको साविक कोर्चाबाङ देखि दाङ जिल्लामा बसोबास गर्ने कोर्चाबाङ्गीहरुको साझा समाजको स्थापना २०७५ सालमा भएको हो। यस समाजले विभिन्न सामाजिक सेवा कार्यहरू गर्दैआएको छ।

प्रतिक्रिया दिनुहोस