थुर्पा अनलाइनको पात्रो विमोचन कार्यक्रम सम्पन्न

घोराही । थुर्पा मिडिया प्रा. लि. द्वारा संचाली थुर्पा अन्लाईन डिजिटल पत्रीकाले नयाँ वर्षको पात्रो प्रकाशित गरि एक कार्यक्रमका बीच विमोचन गरेको छ ।
नयाँ वर्ष २०८२ सालको अघिल्लो दिन थुर्पा मिडियाका संचालक कैलाश घर्ती मगरको अध्यक्षता तथा  घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा कुमारी डि सिको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि डि.सी.ले शुभकामना मन्तव्य दिदै पत्रकारिताको धर्म नबिर्सिएर गरिएको पत्रकारिता नै जन पक्षीय हुने बताउनुभयो । उहाले जनपक्षीय र समय सापेक्ष समाचार सम्प्रेषण गर्दै अगाडि बढ्न यो अन्लाईन पनि अगाडि बढोस् भन्दै शुभकामना दिनुभयो ।

घोराहीको कल्पु धर्मशालाको हलमा भेको कार्यक्रमको अतिथिहरुमा घोराही-१४ का वडा अध्यक्ष भानसिं बुढा मगर नेपाल मगर संघ दाङ जिल्ला कार्यबाहक अध्यक्ष मुक्त बुढा मगर रोल्पा रेउघाली सेवा समाज दाङका अध्यक्ष स्यामसुन्दर घर्ती मगर प्रेस सेन्टर दाङ अध्यक्ष जनक नेपाली पत्रकार गोविन्द खड्का रोल्पा कोटगाउँले समाज दाङका अध्यक्ष टेक बहादुर वली सहयोगी प्रेम बुढा मगर जीवन घर्ती मगर पात्रो डिजाइनर खेमराज गाउँले टपनेपाल मिडियाका संचालक सुगम सरोवर थुर्पा अनलाइनका दिपेन्द्र घर्ती मगर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन थुर्पा अनलाइनका शान्त कुमार बुढा मगरले गर्नुभएको थियो भने पात्रो स्वर्गीय आमा नन्दसरा घर्ती मगर प्रति समर्पित रहेको छ ।

प्रतिक्रिया दिनुहोस