घोराही । रोल्पा कोटगाउले समाजले एक कार्यक्रमका विच नया वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेपाल भुतपुर्व सैनिक संघ दाङको हलमा समाजले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष भान सिङ बुढाले शुभकामना मन्तव्य दिदै नयाँ वर्ष हर्ष उल्लास र उमंगको वर्ष बन्ने कामना व्यक्त गर्नुभयो । उहाले कार्यक्रमले विगतका समिक्षा र आउने दिनको नयाँ कार्य योजना बनाउदै समाज अझ सशक्त र जुझारु बन्ने कामना पनि व्यक्त गर्नुभयो ।
समाजका टेक बहादुर वलिको अध्यक्षतामा सुरु भएको कार्यक्रमको बिशिस्ट अतिथिमा अल्फा टेक्वान्दो डोजाङ दाङ जिल्ला कार्यसमिति अध्यक्ष पदम के सि अतिथिहरुमा नेपाल भु पु सैनिक सघ जिल्ला कार्यसमिति दाङका उपसभापति बागसिङ के सि रोल्पाली सेवा समाजका केन्द्रिय सदस्य जीवन घर्ती मगर नेपाल मगर सघ जिल्ला समन्वय समिति दाङका कोषाध्यक्ष इन्द्रा बुढा मगर कोर्चाबाङ समाज सेवा समितिका कार्यवाहक अध्यक्ष कैलाश घर्ती मगर रेउघाली रोल्पा समाज सेवा समितिका वरिष्ठ उपाध्यक्ष मनि कुमार पुन मगर रोल्पाली उवा सेवा समाजका कोषाध्यक्ष वीर बहादुर रोका रोल्पा करेटी समाजका उपाध्यक्ष डिल कुमारी घर्ती मगर लगायतका रहनुभएको थियोे ।
समाजका उपाध्यक्ष माया पुन मगरको शुभकामना मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण समाजका सदस्य सचीव निशान वलीले गर्नुभएको थियो ।