घोराही । २०८१ सालको एस्इइ परीक्षा दिएका विद्यार्थीहरूका लागि शनिबार घोराहीमा पिरामिड एकेडेमीले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममार्फत पिरामिडले आफ्ना विभिन्न कार्यक्रमहरूको बारेमा विद्यार्थीहरूलाई स्पष्ट पार्ने प्रयास गरेको थियो।
कार्यक्रमको अध्यक्षता पिरामिड एकेडेमीका अध्यक्ष किशोर लोहनीले गर्नुभएको थियो। यस अवसरमा एकेडेमीका प्रवन्ध निर्देशक नवीन आचार्यले एकेडेमीले सञ्चालन गरेका कार्यक्रमहरूको बारेमा जानकारी गराउनुभएको थियो। उहाँले पिरामिड एकेडेमीको परिचय, स्थापनाको उद्देश्य, योजनाहरू र विशेष ब्रिज कोर्सका बारेमा विद्यार्थीहरूलाई विस्तृत जानकारी दिनुभयो। साथै, उहाँले एकेडेमीले प्रदान गर्दै आएको विज्ञान, व्यवस्थापन, सिटिइभिटि, नर्सिङ, कम्प्युटर तथा शैक्षिक परामर्शका कक्षाहरूको बारेमा पनि विद्यार्थीलार्ई जानकारी दिनुभयो।
कार्यक्रममा मनोरञ्जनको लागि दाङ्गाली जादुगर प्रभुराम चौधरीले जादुको माध्यमबाट विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। यस अवसरमा समाजसेवी भोलानाथ योगी, एकेडेमीका शिक्षकहरू रोमन अधिकारी, कृष्ण थापा, मधुकर धिताल र विद्यार्थी बन्धना अधिकारीले आ-आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन पिरामिड एकेडेमीका लेखा प्रमुख प्रेरणा गुप्ताले स्वागत मन्तव्यबाट गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य मेघराज पोख्रेलले गर्नुभएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूलाई पिरामिड एकेडेमीको उपलब्धि र भविष्यका योजनाहरूको बारेमा जानकारी प्रदान गर्दै उनीहरूको मार्गदर्शन गरेको छ।