प्याब्सन घाेराहीकाे बैठक सम्पन्न

घाेराही, १९ फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको बैठक सम्पन्न भएकाे छ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा प्याब्सन घाेराही नगर कार्यसमितिकाे बैठक बसेकाे थियाे ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्रमुख सल्लाहकार विरेन्द्र चन्दकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले प्याब्सन अन्तरपालिका समन्वय समितिकाे सदस्यमा घाेराही उपमहानगरपालिकाबाट ग्यालेक्सी एकेडेमीका प्रिन्सिपल गाेपाल प्रसनद भुसाललाई पठाउने निर्णय गरेकाे छ ।
यसैगरी, बैठकले प्याब्सन घाेराहीकाे वार्षिक क्यालेन्डर निर्माणका लागि उपाध्यक्ष मानसिंह घर्तीकाे संयाेजकत्वमा  क्यालेन्डर निर्माण समिति गठन गरेकाे छ । उक्त समितिकाे सदस्यमा सचिव बिमल भण्डारी, सहसचिव सन्दिप शाह, सदस्य महेश बस्नेत र प्रदिप राजभण्डारी रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस