मगर संघ बंगलाचुलीको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा पुन: बुढा मगर

घोराही। नेपाल मगर संघ बंगलाचुली गाउँपालिका समितिको तेस्रो अधिवेशन बिहिवार सम्पन्न भएको छ।

अधिवेशनबाट काशिराम बुढा मगरलाई अध्यक्षमा सर्वसम्मत पुन: चयन गरेको छ। बुढा मगरको नेतृत्वमा पच्चीस सदस्यीय  कार्यसमिति चयन समेत गरिएको छ। जसमा उपाध्यक्ष लिला बहादुर पाटा मगर सचिव रविन पुन मगर कोषाध्यक्ष डोमराज थामा मगर सहसचिवमा पुर्ण बहादुर सारु मगर र दुजा घर्ती मगर रहेका छन्। सदस्यमा जित बहादुर घर्ती मगर, दामोदर पुन मगर, मेघराज घर्ती मगर, गोमा पुन मगर, हिरा बहादुर पुन मगर, बाबुराम राना मगर, शिवराज पुन मगर, युवराज कवर मगर, रेवन्त घर्ती मगर, दिपक घर्ती मगर, जिवलाल बुढा मगर, घनश्याम पुन मगर, धन बहादुर घर्ती मगर, धुर्वराज कवर मगर, हस्त बहादुर सोती मगर, लुम बहादुर गाहा मगर, गोपालसिंह गाहा मगर, देविराम घर्ती मगर, र मुमा घर्ती मगर रहेका छ्न।

विभिन्नतामा एकता हुँदै मगर हुनुमा गौरव गरौं अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौं भन्ने मुल नाराका साथ नेपाल मगर संघ बंगलाचुली गाउँपालिका समितिका अध्यक्ष काशिराम बुढा मगरको अध्यक्षतामा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुन मगर (सुवास) को प्रमुख आतिथ्यमा बंगलाचुली वडा नं. ४ जुम्लेपानीमा सो अधिवेशन सम्पन्न भएको हो। प्रमुख अतिथिको आसनबाट समुदायको कला, संस्कार, संस्कृतिको संरक्षण र उत्थानका लागि स्थानीय सरकारले प्राथमिकता दिने पुन मगरले उल्लेख गर्नुभयो।

यसैगरी नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मुक्त बुढा मगर उपाध्यक्ष प्रेम बुढा मगर सदस्य कमल कवर मगर बंगलाचुली वडा नं. २ का वडा अध्यक्ष मैते पुन मगर र वडा नं. ८ का वडा अध्यक्ष झविन्द्र बहादुर गाहा मगर र मगर शिक्षक संघ बंगलाचुलीका अध्यक्ष जक्त रोका मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो।

उपाध्यक्ष लिला बहादुर पाटा मगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको संचालन सचीव रविन पुन मगरले गर्नुभएको थियो। अतिथिहरुलाई मगर संघ बंगलाचुलीले मायाको चिनो समेत प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस