मानविय विकासले मात्र समाज विकास हुने: उपमेयर हुमा कुमारी डिसी

महेश बस्नेत

घाेराही, ८ फाल्गुन । मानविय विकासले मात्र समाज विकास हुने घाेराही उपमहानगरपालिकाकि उपमेयर हुमा कुमारी डिसीले बताउनुभएकाे छ । प्याब्सन घाेराही नगर कमिटीले पूर्व प्राथमिक तहका संयाेजकहरुका लागि बिहिबार आयाेजना गरेकाे एकदिने अभिमुखिकरण तालिमकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

जबसम्म मानव जातीकाे विकास हुँदैन तबसम्म समाज विकासकाे कल्पना समेत गर्न नसकिने उममेयर डिसीले उल्लेख गर्नुभयाे । कार्यक्रमकि प्रमुख अतिथि समेत रहनुभएकी उपमेयर डिसीले समाजकाे समुन्नत विकासका लागि हरेक व्यक्तिलाई तालिमकाे आवश्यकता पर्ने भएकाले असल समाज निर्माणका लागि अभिमुखिकरण कार्यक्रम अत्यावश्यक रहेकाे उल्लेख गर्नुभयाे ।

उक्त अवसरमा उपमेयर डिसीले सामुदायिक विद्यालयकाे शैक्षिक सुधारका लागि राज्यले ठुलाे लगानी गरेता पनि साे अनुरुपकाे प्रतिफल नदेखिएकाे बताउनुभयाे । निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुकाे संस्था प्याब्सन घाेराहीले शिक्षकहरुकाे क्षमता विकासका लागि निकै महत्वपुर्ण कार्यक्रम सञ्चालन गरेकाप्रति उपमेयर डिसीले सह्राना गर्नुभयाे।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले व्यवहारमा लागू नहुने सीप सिक्नुकाे अर्थ नहुने उल्लेख गर्नुभयाे । प्याब्सन घाेराही नगर कमिटीका प्रमुख सल्लाहकार समेत रहनुभएका चन्दले तालिमबाट सिकेका ज्ञान र सिपलाई विद्यार्थीहरुकाे भविष्य निर्माणसँग जाेडेर लागू गर्नुपर्ने बताउनुभयाे ।

प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा आयाेजित अभिमुखिकरण तालिमका प्रशिक्षकमा ज्ञान संस्कार इन्टरनेशनल स्कुल काठमाडौंकि संस्थापक प्रिन्सिपल निलम बानियाँ बडु रहनुभएकाे थियाे । तालिममा घाेराही प्याब्सनमा आबद्ध निजी विद्यालयका ५५ जना संयाेजकहरुकाे सहभागीता रहेकाे थियाे ।

प्याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस