दाङ । घोराही उपमहानगरपालिका–१४, झिंगौरामा जारी छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८१ आज बुधबार राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति हुने भएको छ।
महोत्सवमा नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक वसन्त जोशीले जानकारी दिए। गायिका चौहानले धोकेबाज हौ तिमी, मिनरल वाटर, कट्टा हान्दिन्छु, लगायतका चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। त्यसै गरि लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा, सञ्चिता शाही र देवेन्द्र बस्नेत लगायतका कलाकारहरूले पनि स्टेजमा धमाकेदार प्रस्तुति दिनेछन्।
महोत्सवमा टिकट १ सय रुपैया विद्यार्थीलाई परिचयपत्रको आधारमा ८० रुपैया अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको टिकट व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिए। महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने आयोजकले लक्ष्य रहेको छ। महोत्सव फागुन १८ गतेसम्म चल्नेछ।