घोराही । ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को उद्घाटन गर्न लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने(गुन्टु) आउने भएका छन ।
दाङ उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार उद्घाटन हुने ब्यापार महोत्सवका हुन लागेको छ । महोत्सवको लागभौतिक निर्माणको तयारी सम्पूर्ण पुरा भएको संघले महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक बसन्त जोशीले महोत्सवकालागि आवश्यक भौतिक पूर्वाधार, मञ्च, बाल उद्यान, स्टलहरु लगायत सम्पूर्ण भौतिक संरचना तयार भएको जानकारी दिनुभयो ।
उद्घाटन पहिले उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु हुने शोत्रायात्रा लखन पार्क, दामोदर चोक, भानुचोक हुदै महोत्सव स्थल घोराही उपमहानरपालिका–१४ झिँगौरामा पुग्ने संघका वरिष्ठ उपाध्यक्ष नरशेकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा हरेक दिन राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । दैनिक सांस्कृतिक कार्यक्रम अन्तरगत ख्यातिप्राप्त कलाकारहरुकासाथै दंगाली कलाकारहरु एवं लोक संस्कृति झल्कने कलाहरु प्रस्तुति रहने छ ।
महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको टिकट व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिनुभयो । महोत्सवमा २ लाख दर्शक आउने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।