रोल्पाली उवा समाजको प्रथम स्थापना दिवस सम्पन्न

दाङ / रोल्पाली उवा सेवा समाज दाङको आज प्रथम स्थापना दिवस घोराही उपमहानगरपालिका वडा नं.१३ स्थित नेपाल मगर संघको सभा हलमा सम्पन्न भएको छ।

समाजका जेष्ठ नागरिक भागिमन घर्ती मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँले उवा समाजमा सबै उवाली सहभागी र एकता हुन आवश्यक रहेको बताउनु भयो। साथै अन्य समाजहरु सँग पनि सहकार्य गर्ने उवा समाजले बताउनु भयो।

घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष भानसिं बुढा मगरले विशिष्ट अतिथिको आसनबाट बोल्दै स्थापना भएको छोटो समयमा उवा समाजले उल्लेखनीय काम गरेको भन्दै आफ्नो वडाले समाजलाई केही सहयोग होस् भनेर कुर्सी लगायत अन्य सहयोग गरेको बताउनु भयो। समाजले सबैलाई एकता राख्न र सभ्य समाज निर्माण गर्न र रोल्पा लगायत विभिन्न जिल्ला देखि यहाँ बसोबास गर्ने सबैले बसाइँसराइ यहाँका वडाहरुमा कायम राख्न सेवा सुविधा लिन आग्रह समेत गर्नुभयो।

विशिष्ट अतिथीका रुपमा घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरतमणी अर्यालले स्थापना दिवसको शुभकामना दिदै यदि समाजले आफ्नै भवन निर्माण गर्न खोजे आर्थिक सहयोगमा आफुले पहल गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।

नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष बेद बहादुर बुढा मगरले विशिष्ट अतिथिको आसनबाट उवा समाज सँग आफु असाध्य निकट भएको समाजलाई हरेक कोणबाट सहयोग गर्दै आएको बताउनु भयो।

यसै गरि रोल्पा कोट गाउँले समाजका अध्यक्ष टेक बहादुर वलीले समाजलाई शुभकामना दिदै अब प्रत्येक समाज, संस्थाले सोच्ने बेला आएको भन्दै यहाँ हरेक ठाउँमा समाजलाई हामीलाई विभिन्न माध्यमबाट प्रयोग गर्ने गरेको समाजलाई उपलब्धि केही नहुने नदिने परम्परा छ। यसलाई तोडनु पर्ने गम्भीरताका साथ लाग्नु पर्ने बताउनु भयो।

तकसेरा समाज दाङका अध्यक्ष मित्रलाल बुढा मगर ढाङ्ढुङ्गे समाज दाङका अध्यक्ष नारायण प्रसाद रोका मगर रोल्पा कोर्चाबाङ समाजका कार्यबाहक अध्यक्ष कैलाश घर्ती मगर र गरखानी फल्नै समाज दाङका प्रतिनिधि तेजु पुन मगर लगायत अन्य अतिथिहरु कार्यक्रममा सहभागी रहेका थिए।

समाजले दाङमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ। रोल्पा थबाङ गाउँपालिका-४ निवासी क्यान्सर रोगबाट पीडित अजम रोका मगर र कालेनी घर्ती मगरलाई तीस हजार रुपैया आर्थिक सहयोग गरेको छ। साउदी अरबमा आफ्नै कोठामा ग्यास पड्केर घाइते भएका रोल्पा थबाङ निवासी विपिन झाँक्रीलाई पाँच हजार रुपैया आर्थिक सहयोग गरेको समाजले बताएको छ। घोराही-१४ मा कार्यलय रहेको समाजले घोराही-१३ स्थित तुरुन्तपुरमा एक कठ्ठा जमिन खरिद गरेको छ। त्यसमा समाजले आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखेको समाजका अध्यक्ष विक्रम रोका मगरले बताए।

रोल्पाको साविक उवा गा वि सबाट दाङमा बसोबास गर्नेहरुको साझा संस्था रहेको घोराही उपमहानगरपालिकाबाट समाजमा एक सय पचास घर धुरी सदस्य रहेको बताइएको छ। कोषाध्यक्ष वीर बहादुर रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षतामा समाजका अध्यक्ष विक्रम रोका मगर रहेका थिए। रोका मगरले अतिथि लगायत समाजका प्रतिनिधि, सहभागीलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए। सचीव सुनकुमारी घर्ती मगरले कार्यक्रम कुशलता पुर्वक संचालन गरेका थिए।

बाँकी तस्विर

 

प्रतिक्रिया दिनुहोस