दाङ / घोराही उपमहानगरपालिका-१४ स्थित मिलन चोकबाट प्रहरीले लागु औषध सहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ रतनपुरका २१ वर्षीय सन्देश श्रेष्ठ र रोल्पा रुन्टिगढी गाउँपालिका-२ हाल घोराही-१४ नयाँबजार स्थित डेरा गरि बस्ने २१ वर्षीय समिक्षा पुन मगर रहेका छन्।
घोराहीको मिलन चोकमा संकास्पद रुपमा हिडिरहेको अबस्थामा गस्तीमा खटिएका प्रहरीले खानतलासी गर्दा पुन मगरबाट रातो प्लास्टिकमा सेतो धागोले बाँधिएको सात वटा पुडिया लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ एक ग्राम र नेपाली रुपैया चार हजार पाँच सय नगद प्रहरीले बरामद गरेको छ।
उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रवक्ता एवं सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिए।