घोराही / प्रेस चौतारी दाङको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध निर्वाचित भएका छन्।
ढकालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ। उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, सहसचिव सन्तोष खनाल समावेशी सहसचिव भ्यूमान पुन, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा महेश बस्नेत, दिपक वली, सुशील परियार, कैलाश घर्ती मगर, चेतन वली, प्रेम कुमारी बुढामगर, राम प्रसाद सुवेदी, कपिल लामीछाने, अनुप आचार्य, अविशेषक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, हिमाल खडका, शैलेश अधिकारी, रमा नेपाली, राजकुमार विश्वकर्मा र दिपक चौधरी चयन भएका छन् ।
यसैगरी केन्द्रिय परिषद सदस्यमा दुर्गालाल केसी, प्रेम बहादुर राम्जा मगर, वसन्त आचार्य, पाण्डप शर्मा, गोकर्ण पौडेल र दिप्तीशीखा चौधरी चयन भएका छन् । प्रदेश परिषद सदस्यमा माधव कडेल, नीता चौधरी, वासुदेव न्यौपाने, नवराज शर्मा र दिपक जिएम चयन भएका छन् । अधिवेशन घोराहीको भिङ्ग्रेली होटलमा सम्पन्न भएको हो।