प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेला थप ५ दिन लाग्ने

घोराही। ‎नेपाल मगर संघ घोराही नगर समिति द्वारा आयोजनामा चलिरहेको माघे मेला थप पाँच दिन लाग्ने भएको छ ।

यो संगै माघ ११ गते सम्म चल्ने भनिएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला माघ १५ गते सम्म चल्ने भएको छ । घोराही उपमहानगरपालिका–१४ झिगौँरामा चलिरहेको मेला बढ्दो दर्शकको उपस्थीतिसँगै बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माणका लागि आर्थिक जुटाउनका लागि मेला थप गरिएको मेला आयोजक ‎नेपाल मगर संघ घोराही नगर कार्यसमितिका अध्यक्ष तथा मेला मुल आयोजक समितिका अध्यक्ष बेद बहादुर बुढामगरले जानकारी दिनुभयो।

माघ ५ गते देखि संचालनमा रहेको मेलाको बिहीवार छैठौं दिन आज मेलामा गायक राजु गुरुङ,रविन्द्र सुनार, तुलसा मगर, रुचा मगर, पार्वती चौधरीसँगै मोडेल आरुषी मगर, बालकलाकार सुरक्षा बाठामगर लगायतले साङ्गितिक प्रस्तुती राखेका थिए । मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न भेषभुषासँगै खानपिन र बाल उद्यानका स्टलहरु राखिएका छन्

प्रतिक्रिया दिनुहोस