घोराही । घोराही १४ झिंगौरामा जारी प्रथम पर्यटन तथा सास्कृतिक प्रवर्द्धन माघी मेलामा बुधबार ज्योति मगरले दर्शकलाई तताएकी छिन ।
मेलाको पाँचौ दिन आज ज्योती मगरको बेजोड प्रस्तुतीले मेला स्थल तातिएको हो । नेपाल मगर संघ घोराही नगरको आयोजनामा सञ्चालित मेलामा गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्दा उपस्थित दर्शकको भीड थामिनसक्नु भयो ।
ज्योती मगरले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै घोराहीको माहोल तताइन् । उनले गाएको हरेका गितमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो ।
ज्योती मगरका साथमा गायक चक्र बम, डान्सर जलपरी बिनिता पुन मगर लगाएतको बेजोड प्रस्तुती रह्यो ।
यस्तै भोलि बिहिवार चर्चित लोकदोहोरी गायक राजु गुरुङ,रविन्द्र सुनार, गायिका तुलसा मगर, रुचा मगर , पार्वती चौधरी,मोडल आरुषी मगर,बाल गायिका सुरक्षा बाठा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो ।
भोलि बिहिवारदेखि मेलामा प्रवेश गर्नको लागि प्रति व्यक्ति सय रुपैया मात्र कायम गरिएको आयोजक संस्था नेपाल मगर संघ घोराहीका सचिव गणेश प्रताप पुनले बताउनुभयो।।फ