प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा भोलि श्याम राना र रेश्मा पुन आउने

घोराही । प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको तेश्रो दिन सोमवार चर्चित गायक गायिका आउने भएका छन ।

मेलामा सोमबार चर्चित गायक श्याम राना, टेक विसी, गायिका रेश्मा पुन, गायिक तथा चर्चित उद्घोषक रुपा घर्तीमगर, मोडेल  रूबिना अधिकारी, गायक रोशन रत्गैया, गायिका बिष्णु  सुनारलगायतका कलाकार आउने भएको आयोजक ‎नेपाल मगर संघ घोराही नगर समितिले कलाकार संयोजक गोपाल बुढा मगरले जानकारी दिनुभयो ।
मेलाको दोश्रो दिन चर्चित गायिका टीका सानू, गायक अम्मर रोका बिज्ञान, गायिका निता पुन तथा डान्सर चहाना झाक्री मगर, निसा सुनार तथा नेपाल मगर कलाकार संघ घोराही नगरका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य लिएको मेला माघ ५ देखि शुरु भएको हो ।  मेलामा जातिगत वेशभुषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको छ ।

मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया र विद्यार्थी, जेष्ठनागरिक तथा शारीरिक अपांगता भएका व्यक्तिहरुलाई छुटको व्यवस्था गरिएको मुल आयोजक समितिका संयोजक बेदबहादुर बुढामगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस