घोराही । प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघी मेला २०८१ को उद्घाटन घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले गर्ने आयोजक समितिले जनाएको छ ।
उद्घाटनको पुर्व सन्ध्यामा आयोजक नेपाल मगर संघ घोराही नगर समितिले पत्रकार सम्मेलन गर्दै यस्तो जनाएको हो । पत्रकार सम्मेलन गर्दै नगर समितिका अध्यक्ष बेद बहादुर बुढा मगरले मेलाको तयारी ९७ प्रतिशात पूरा भएको जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भए पनि पिङ र बाल उद्यान आउदै गरेको बताउदै अन्य सबै तयारी पूरा भएको बताउनुभयो । “बिहान ११ बजे घोराही उपमहानगरपालिका १४ लखन पार्क बाट झाँकी जुलुस सहित र्याली निकाल्दै मेला लाग्ने स्थान झिगौंरा पुगेर मेलाको उद्घाटन हुने छ । उक्त झाँकी जुलुस र यो मेलालाइ भब्य बनाउन सबैलाई उपस्तिथिको लागि सादर निमन्त्रणा रहेको छ ।” अध्यक्ष बुढाले बताउनुभयो । उहाले र्यालीको लागि सम्पुर्ण वडा टोल तथा समाजलाइ पत्र काटिएको र कारणवश पत्र नपाएको खण्डमा यहि पत्रकार भेटघाट मार्फत सबैलाई उपस्थितिको लागि अनुरोध समेत गर्नुभएको छ । पत्रकार सम्मेलनमा नेपाल मगर संघ केन्द्रका सदस्य सारदा पुन नेपाल मगर संघ दाङ जिल्ला उपाध्यक्ष तथा घोराही नगर इन्चार्ज प्रेम बुढा मगर नगर समिति सचीव गणेश प्रताप पुन रहनु भएको थियो ।
भोलि माघ ५ गते देखि सुरु हुने मेला ११ गते समापन हुने आयोजकले जनाएको छ । मेलामा पल शाह, ज्योति मगर, श्याम राना लगायतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति रहने छ ।