पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको ९० प्रतिशात तयारी सम्पन्न

घोराही । नेपाल मगर संघ घोराही नगरको आयोजनामा हुन लागेको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको तयारी ९० प्रतिशत सम्पन्न भएको छ ।

माघ ५ गते देखि ११ गते बाट सुरु हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो ।  कार्यक्रम स्थलको घेरबार तथा मञ्च तयारी सकिएको र स्टल निर्माण काम पनि सम्पन्न भएको अध्यक्ष बुढाले बताउनुभयो । “मेलाको तयारी लगभग सकिएको छ । मञ्च तयारी, स्टल निर्माण सकिएको छ भने ९० प्रतिशात स्टल बुकिङ भइसकेको छ । बाकी स्टल बुकिङ भइ रहेको र अझै स्टल बुकिङ गर्न चाहनेले आयोजक संग सम्पर्क गर्न सक्ने। ” उहाले भन्नुभयो । मेला उद्घाटनको लागि २ दिन बाकी रहेको र २ दिन भित्र सबै काम सकिने समितिका प्रचारप्रसार प्रमुख कैलाश घर्ती मगरले बताउनुभयो । मेलाको लागि पिङ तथा बाल उद्यान जस्ता खेल सामाग्री आउदै गरेको बताउदै घर्तीले उद्घाटन अगावै सकिने बताउनुभयो ।
७ दिन सम्म चल्ने मेलाको आम्दानी बाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ ।

मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकारका स्टल बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । नगर समितिले पहिलो पटक आयोजना गर्न लागेको मेला लाई सम्पुर्ण घोराही तथा दाङ वासीलाई भब्य रुपमा सफल पारिदिन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस