घोराहीमा पल शाह ज्योती मगर मिरुना मगर लगायतका कलाकार आउने

घोराही । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा हुन लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको लागि नायक पल शाह,नायिका मिरुना मगर गायिका ज्योति मगर लगायत राष्ट्रिय कलाकारहरु घोराही आउने भएका छन ।

मगर समुदायको पर्वको रुपमा रहेको माघे संक्रान्ती पर्व लाई लक्षित गरि माघ ५  देखि ११ गते सम्म मेलाको आयोजनामा हुन लागेको उक्त मेलामा उनिहरु संगै थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकार आउन लागेको मेला प्रचारप्रसार संयोजक कैलाश घर्ती मगरले जानकारी दिनुभयो । उहाले मेलामा अन्य कलाकाहरु गायक राजु गुरुङ, चर्चित लोक दोहोरी गायक श्याम राना मगर लोक दोहोरी गायिका टीका सानू, गायक अम्मर रोका गायक राजकुमार वलि तथा भाइरल गित ढले ढलेका गायिका शान्ती रानी परियार संगै दर्जनौं गायक गायिका मोडल तथा डान्सर चर्चित हास्य कलाकार घोराही आउन लागेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका १४ स्थित झिगौरामा पर्यटन तथा सांस्कृितक प्रदर्शनी तथा माघे मेलाको तयारी तिब्र रुपले अघि बढेको समितिका अध्यक्ष बेद बहादुर बुढाले बताउनुभयो । उहाले स्थानीयको चाहाना अनुसार कलाकार बोलाइएको र अन्य तयारी पनि भइ रहेको बताउनुभयो । उहाँले माघ ५ देखि ११ सम्म लाग्ने मेलामा घोराही तथा आसपासका समुदायलाई अवलोकन गरेर सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

समितिले मेलाको मुख्य आकर्षणको रुपमा मगर समुदायको भेषभुषा प्रदर्शनी मगर परिकारका साथै अन्य समुदायको भेषभुषा तथा परिकार संगै रमालो पिङ मगर तथा अन्य समुदायको खाना संगै पोसाक बिक्रीवितरण गरिने जनाएको छ । त्यस्तै मेलामा  घोराही उपमहानगरपालिकाको संरक्षण तथा नेपाल मगर संघ घोराही नगरको आयोजनामा हुन लागेको मेलाको मिडिया पाटनर थुर्पा अनलाइन रहेको छ ।

प्रतिक्रिया दिनुहोस