तुलसीपुरमा बसको ठक्कर बाट एक महिलाको मृत्यु

तुलसीपुर।  बसको ठक्कर बाट दाङको तुलसीपुरमा बसको ठक्कर बाट एक जनाको ज्यान गएको छ ।
बसपार्क प्रवेश गर्ने क्रममा लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ३५/३६ बर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पौने २ बजे बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा महिलालाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्करबाट गम्भिर घाइते भएकी महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । मृतक एक्लै रहेकाले उनको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बससहित चालक ४१ बर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस