राजपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन मगर राष्ट्रिय मुक्तिमोर्चाको राजपुर गाउपालिका स्तरीय तदर्स समिती गठन भएकोछ ।
राजपुर गाउपालिका ३ खरदरियामा शान्त कुमार बुढा मगरको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र दाङ जिल्ला सदस्य देबिराम सुनार को प्रमुख आतिथ्यता र जिल्ला सदस्य पुष्पा यादव तथा मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल लुम्बिनी प्रदेश सचीव खलु प्रसाद पुनको बिशिस्ट आतिथ्यतामा बैठक बसि ११ सदस्यीय तदर्स समिति गठन गरेको छ । जसको संयोजकमा कमला घर्ती मगर सहसंयोजमा प्रेमी सोमै मगर रहनु भएको छ । बैठकले आगामी माघ ७ गते राजपुर ३ खरदरियामा भेला गर्ने र कार्यसमिति चयन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनारले देशमा संघिय गणतन्त्र भए पनि समानुपातिक र समावेशीता कागजमा मात्रै सिमित रहेको र अझै पनि महिला, दलित,जनजाति तथा अल्पसंख्यक समुदायले त्यसको अनुभव गर्न नपाएको बताउनुभयो । उहाले यसका लागि फेरि पनि देशलाइ फेरि पनि नेकपा माओवादी केन्द्रको खाचो परेकाले सबै मोर्चा भातृसंगठन एक भएर लाग्नुपर्ने बताउनुभयो । त्यस्तै बिशिस्ट अतिथि यादवले राजपुर जस्तो भूगोलमा बलियो मोर्चा बिना पार्टी चल्न नसक्ने बताउनुभयो । उहाले जनवर्गीय संगठन बलियो र चलायमान हुन नसक्दा दुई दुई पटक पार्टीले चुनाव हार्नु परेको स्मरण गर्नुभयो । राजपुरमा पार्टी बलियो जस्तो देखिए पनि आफू दुई दुई पटक स्थानीय निर्वाचनमा उपाध्यक्षमा हार्नु परेको भन्दै मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालको यो गठनले पार्टी लाई फाइदा हुनेमा दुइ मत नहुने बताउनुभयो । कार्यक्रममा मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल बारे मोर्चाका लुम्बिनी प्रदेश सचीव खलु प्रसाद पुनले प्रकाश पार्नुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्र राजपुर गाउपालिका सचीव बिष्णु यादव मोर्चाका दाङ जिल्ला सचीव हर्कराज घर्ती सदस्य चन्द्रकला राना मगर र ओपेन्द्र बुढा मगरको उपस्तिथि थियो ।