१० पुस । दाङको गढवामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
कोइलावासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताए ।