दाङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

दाङ /  टिपरको ठक्करबाट एकजनाको मृत्यु एकजना घाइते।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १२९१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई सोमबार साझ करिब ६:४५ बजे घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – १९ कुटीचौरका १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको छ।

टिपरको ठक्करबाट टाँउको र कानमा गम्भीर चोट अबस्थामा घाइते बुढाथोकीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाले बताए।

मोटरसाइकलमा सवार कुटीचौरकै २२ वर्षीय दीपक बस्नेत भने घाइते भएका छन्। बस्नेतको दाहिने खुट्टा र वाँया हातको औँलामा चोट लागेको अहिले उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर चालक घोराही – ११ डोक्रेनाका ४० वर्षीय जितबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भैरहेको डीएसपी थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस