काठमाडौँ / दैलेखमा बस दुर्घटना भएको छ। कालीकोटबाट कैलाली टिकापुरतर्फ जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको हो। ना ४ ख ६०५६ नम्बरको बस दैलेखको आठबिस नगरपालिका-३ दुइसिस्ने भन्ने ठाउँमा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरेर स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्स्पेक्टर लालबहादुर सुनारले जानाएका छन् । प्रहरीका अनुसार अहिले प्रहरीको टोली पुगेर उद्धारको कार्य अघि बढाएको छ ।
बसमा सवार अन्य यात्रुहरू सामान्य घाइते भएका छन् । बसमा कति यात्रु थिए अहिलेसम्म नखुलेको र विवरण संकलनको कार्य भइरहेको प्रहरीका अनुसार बस भित्तामा ठोकिएको छ। कसरी दुर्घटना भयो कारण खुलिसकेको छैन।