आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं / मन्त्रिपरिषदको बैठक आज बस्दै छ । अपराह्न ४ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण  विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

साथै यस्तै मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।

यसैगरी मंगलबार बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित भएको थियो

प्रतिक्रिया दिनुहोस