काठमाडौँ / दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले मंगलबार पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ल्याइएसँगै प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।
प्रसाईंलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको बताइएको छ। प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भन्दै भिडियो विवादास्पद सार्वजनिक गरेका थिए ।