दाङ / लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले दाङको बाह्रकुने दह अबलोकन गरेका छ्न् ।

श्री बराहक्षेत्र संरक्षण सम्बर्द्धन तथा धार्मिक समितिको स्वागत तथा छलफल कार्यक्रम मुख्य मन्त्री आचार्यको प्रमुख आतिथ्यतामा आज मंगलबार सम्पन्न भएको छ। मुख्य मन्त्री आचार्यले पर्यटकीय स्थल धार्मिक स्थल बाह्रकुने दहको विकास र योजनाका काम रोकिनु हुदैन । यहाँका विकासका योजना धेरैपटक अवरोध भएका छन् । अब त्यसो नहुन उप-महानगरपालिका र वडाले तदारुकता लाग्नुपर्ने बताए। साथै निर्माण व्यवसायी ठेकेदारले पनि आउँदो वर्ष सम्म काम सक्नुपर्छ। विभिन्न बहानाबाजी गरे काम अलपत्र पारे कार्वाही अनुरुप ठेकेदारलाई कालोसूचीमा राख्ने ठाडो चेतावनी दिए।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले दाङको लुम्बिनी प्रदेशकै एक धार्मिक स्थल पर्यटनको धेरै सम्भावना बोकेको यो ठाउँलाई बनाउन लागि पर्ने बताए। यहाँको विकास हुन जरुरी छ पहिले पनि प्रयास भएका थिए हुन सकेनन् अब हुनुपर्छ पनि भने।
घोराही उप-महानगरपालिकाका मेयर नरुलाल चौधरीले आफू दुई कार्यकाल नगरको मेयर हुँदै गर्दा बाह्रकुने दहको योजना निर्माणका धेरै कुराहरु थाहा भएको बताउदै स्पष्ट पारेका थिए। हामीले यो बाह्रकुने दहमा ठूलो ताल बनाउने पर्यटकलाई घुमाउने वरिपरिका जंगलमा चिडिया घर बनाउने ठूलो संकल्प राखेका थियौं। धार्मिक स्थल सुन्दरताले भरिएको धेरै भन्दा धेरै आन्तरिक अथवा विदेशी पर्यटक भित्र्याउने लक्ष्यित योजना थियो। तर यहाँका समुदायका विचार नमिल्दा सबै काम रोकिए अब नबन्ने समेत बताए। नयाँ जे काम थालनी हुन लागेको छ त्यहीँ बन्ने मेयर चौधरीले ठोकुवा गरे।
बाह्रकुने दह दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १३ मा अबस्थित छ। यो तालमा १२ वटा कुनाहरु भएकाले यसको नाम “बाह्रकुने दह” रहन गएको भनाइ छ। सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दह आफैमा धार्मिक स्थल हो। यहाँ १ सय ५० मिटर लम्बाई करिब २५ मिटर उचाइ भएको नयाँ ताल तलतिरको भागमा निर्माण हुन लागेको छ। त्यसको डी पी आर बनिसकेको छ। सबै प्रक्रिया टुङ्गे छिट्टै ठेकेदारले काम सुरुवात गर्ने बताइएको छ।
बाँकी तस्वीर








