दाङ / घोराही उपमहानगरपालिका वडा नम्बर- १३ हेल्लो टावर स्थित खुल्ला स्थानमा लागु औषध विरुद्ध सचेततामूलक कार्यक्रम अभियान शनिबार सम्पन्न भएको छ ।
दाङ जिल्लामा लागु औषध सेवन र कारोबार अत्याधिक बढेको छ। यसलाई कडाइका साथ न्यूनीकरण नियन्त्रण गर्न प्रहरीलाई जारी गरिसकेका छौं । दाङ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। एसियाको सबै भन्दा ठूलो उपत्यका दाङ देउखुरी हो यसलाई सुन्दरतामा राखी रहन सबैले गहन भुमिका खेल्न समेत आग्रह गरे ।
यसैगरी आफ्ना बालबालिकालाई अभिभावकले घरमै बालबालिकाको स्वभाव बुझ्न ध्यान दिन र लागु औषध सचेतनामूलक शिक्षा प्रदान गर्न दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले बताए। हामीले भारी मात्रामा लागु औषध सहित पक्रेको छौं सुन्नु भएकै होला। अन्यथा लागु औषध सहित पक्राउ परे नछाड्ने कानुन बमोजिम कडा कार्वाही गरिने प्रष्ट पारे ।
घोराही- १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले आफ्नो वडामा यस्ता सचेतनामूलक कार्यक्रम धेरै पटक भएको खास उपलब्धि हुन नसकेको भन्दै आफ्नो वडामा लागु औषध सेवन गर्नेहरु बढिरहेको चिन्ता व्यक्त गरे।
लागु औषध विरुद्ध सचेतनामूलक कार्यक्रमका आयोजक गोदावरी इङ्लिस मिडियम स्कुल दाङ, सह- आयोजक घोराही उपमहानगरपालिका- १३ को कार्यलय दाङ र सहकार्य जिल्ला प्रहरी कार्यलय घोराही दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
बाँकी तस्वीरहरु







