दाङ/ रोल्पा कोटगाउँले समाज दाङले आज शनिबार करिब १५ सय मिटर सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । 
घोराही उपमहानगरपालिका वडा नम्बर- १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आथित्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। घोराही उपमहानगरपालिका वडा नम्बर- १३ र १४ को सिमाना पर्ने नयाँ बसपार्क सेवार पुल देखि हेल्लो टावर हुँदै टिप्पर रोड सम्म पर्ने राधाकृष्ण टोल, प्रगतीनगर टोल, जागृति टोल र शैलुङ टोल अन्तर्गत सडकको दायाँबायाँ छरिएका फोहोर सफा गरिएको हो। फोहोर व्यवस्थापनका लागि ६ वटा ‘डस्बिन’ सडक वरिपरि समाजले राखेको छ ।


प्रमुख आथित्यबाट बोल्दै पोख्रेलले कोटगाउँले समाजले दाङमा एक राम्रो काम गरेको उधारण समेत दिए। कोटगाउँले समाजबाट यहाँका टोल बस्तीले सिको सिक्नुपर्ने समेत बताए । आफ्नो ठाउँ टोल सडक सरसफाइ गरि सफा सुन्दर राख्न स्वस्थ रहन समेत आग्रह गरे । यसैगरी कोटगाउँले समाजका अध्यक्ष कमलसिंह घर्तीले सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए । समाजको कार्यलय प्रगतिनगर टोलमा रहेको छ।


घोराही उपमहानगरपालिका वडा नम्बर- १३ का वडा सदस्य केशे घर्ती, रोल्पाली सेवा समाज रोल्पाका अध्यक्ष डिलाराम वली, राष्ट्रिय दैनिक युगबोधका पत्रकार गोविन्द खड्का लगायतका अतिथिहरु सरसफाइ कार्यक्रममा सहभागी भएका थिए । रोल्पाको कोटगाउँ देखि दाङमा बसोबास गर्नेहरुको साझा संस्था समाज भएको, अहिले सम्म करिब १ सय ५० घर संख्या सदस्य रहेको समाजका सचीव टेक बहादुर वलीले बताए । २०७९ सालमा स्थापन भएको समाजले दाङमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यहि आउँदै गरेको शुभ तिहारको अवसरमा देउसी भैलो खेल्ने कार्यक्रम समेत तयार भएको समाजका एक प्रतिनिधि ओम प्रकाश खड्काले बताए।
सरसफाइ कार्यक्रमका तस्वीरहरु






















