रोल्पामा ठेकेदारलाई कमिसन माग्छन् एमाले महासचिव पोखरेल

दाङ/ रोल्पामा निर्माण व्यावसायिक ठेकेदारलाई त्यहाँका राजनीतिककर्मीले विकासका लागि सहयोग भन्दा कमिसन माग्नेमा जोड दिएका कारण राम्रा ठेकेदार रोल्पामा काम गर्न मान्दैनन् नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बताएका छन्।दाङ गृह जिल्ला आइपुगेका महासचिव पोखरेललाई रोल्पाका राजनीतिककर्मी र विभिन्न समाजका प्रतिनिधिहरुले रोल्पा–रुकुमको मेरुदण्ड मानिएको सहिद मार्ग निर्माण आयोजना बारेमा ध्यानाकर्षण गराएपछि महासचिव पोखरेलले यस्तो बताएका हुन। कुन दल राजनितिककर्मीलाई हो प्रष्ट भने खुलाएनन्। घोराही उपमहानगरपालिका-१४ का वडा अध्यक्ष भानसिह बुढाले आफ्नो निवासमा आज भेटघाट कार्यक्रम जुराएका थिए। सहिद मार्गको लागि सरकारले बजेट छुट्याएको छ। स्वाभाविक रुपमा प्रक्रिया अगाडि बढेको छ। प्रथामिकताका साथ सडक आयोजनाका रुपमा अगाडि बढिरहेको समेत बताए। तर रोल्पामा निर्माण व्यावसायिक काम गर्ने वातावरण कम छ, भन्ने गुनासो हुने गर्दछ। त्यो वातावरण तयार गर्ने काम राजनीतिक परिवेशले गर्दा हो। त्यहाँका राजनीतिककर्मीले विकासका लागि सहयोगी भन्दा कमिसनका लागि बढी जोड गर्ने भएका कारणले ठेकेदारहरु काम गर्न मान्दैनन्। यो समस्या विषेश गरि केन्द्रिय आयोजनामा राम्रा ठेकेदारहरु रोल्पा जान मान्दैनन् महासचिव पोखरेलले बताए। सँगै यो समस्या र प्रस्थितिलाई तपाईहरुले पनि सुधार गर्न भुमिका खेल्न सुझाव समेत दिए।

नेपालमा धेरै दल भएर विकास अगाडि बढ्दैन अब धेरै दल होइन बलिया दल चाहिन्छ। जसले नेतृत्व गर्ने हो उसले पाँचै वर्ष लगातार नेतृत्व गर्न सक्ने आधार चाहिन्छ। छ छ महिनामा सरकार फेरिने खालको स्थितिले देश बन्दैन पुर्व आग्रह छोडेर जुन दलको नेतृत्वमा देश बन्दछ। त्यही दललाई साथ दिन तयार हुन समेत महासचिव पोखरेलले आग्रह गरे।

भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस् 

https://youtu.be/yo53ZzAxatc?si=rkbXIGt1ChAfLlZg

प्रतिक्रिया दिनुहोस