काभ्रेपलान्चोक/ पेस्तोल गोलीसहित एकजना पक्राउ परेका छन्। पनौती नगरपालिका १ बाट १ थान पेस्तोल र ३ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने युवक भक्तपुर सूर्यविनायक नगरपालिका ८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ भएको प्रहरीले जनाएको छ। तामाङ सोमबार दिउँसो पक्राउ परेका हुन।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले तामाङको घरमा खानतालसी गर्दा उक्त पेस्तोल सहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।