दाङमा लागु औषध सहित तीन जना पक्राउ

दाङ / घोराहीबाट तीन जनालाई भारी मात्रामा लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ।रुकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ४ का ३७ वर्षीय सुविन्द्र पुन, सोही गाउँपालिका वडा नं. ३ का ५१ वर्षीय चेतन बुढा र रुकुम पुर्व काक्री गा.बि.स. वडा नं. ८ परिवर्तित भुमे गाउँपालिक घर भई हाल दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना स्थित सिताराम बन्जाडेको घरमा डेरा गरि बस्ने ४२ वर्षीय बिनी पुन पक्राउ परेका छन्।

लागु औषध (अफिम) बोकी हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय दाङबाट प्रहरी नायव उपरीक्षक इश्वर थापाको कमाण्डमा दश जना प्रहरी परिचालन भई घोराही उपमहानगरपालिका १८ मसिना स्थित सडकमा हिडिरहेको शंकास्पद अबस्थामा फेला पारी निजहरुलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा चरेस जस्तो देखिने-३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने- ११ किलो १ सय ८० ग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु-१ थान, लागु औषध प्याकिङ गर्न प्रयोग हुने विभिन्न साईजका प्लास्टिक १ किलो ४ सय ग्राम, लागु औषध प्याकिङ गर्दा प्रयोग गरिने पहेलो र खैरो रङको टेप-४ थान, कैचि-१ थान प्रहरीले उनीहरुबाट बरामद गरेको छ।लागु औषधको मुख्य कारोबार बिनी पुनले गर्ने गरेको समेत खुलेको छ। उनीहरुलाई दाङ प्रहरीले हिरासतमा राखी अहिले थप अनुसन्धान कार्य भई रहेको दाङ जिल्ला प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस