सरसफाई कार्यक्रम सम्पन्न

दाङ / घोराही उपमहानगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको हो।६९ औँ प्रहरी दिवसको अवसरमा घोराही बजारको घोराही उपमहानगरपालिकाको मुलगेटबाट सुरु भई जिल्ला प्रशासन

कार्यालय रोड, नापी शाखा, दिपशिखा चोक, जिल्ला प्रहरी कार्यालय रोड हुदै पुनः उपमहानगरपालिका सम्मको सडक सफाई गरिएको थियो ।

उक्त सरसफाई कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापा, शसस्त्र प्रहरी
कारागार बेश घोराहीका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक होम न्यौपाने, घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारी, विभिन्न टोलका अध्यक्ष तथा पदाधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल र घोराही उपमहानगरपालिकाका सरसफाई शाखाका कर्मचारीहरु लगायतको उपस्थितीमा सरसफाई गरी कार्यक्रम समापन भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस