माइक्रो अनियन्त्रित हुँदा घरभित्र छिर्‍यो

दाङ / तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको माइक्रो गाडी दुर्घटनामा परेको छ। दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन्।

तुलसीपुरबाट आइतबार बिहान रुकुम पश्चिम जाँदै गरेको बा. प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातुवा स्थित अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको हो ।

माइक्रो गाडीको केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।

माइक्रो चालक, त्यसमा सवार यात्रु र घरमा डेरामा बस्नेहरु घाइते भएका छन्।
प्रहरी निरीक्षक थापाका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका ४ का २५ वर्षीय कुमार सन्यासी, यात्रुहरुमा सल्यान शारदा नगरपालिका ७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, सल्यान बागचौर नगरपालिका ७ का २७ वर्षीया सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका ४ घर भई जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर वि.क. घाइते भएका छन् ।
गाडीमा ९ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भई रहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस