काठमाडौं / हाइटीमा दुई गिरोहबीच गोली हानाहान हुँदा ७० जनाको मृत्यु भएको छ । पोन्ट सोन्डे सहरमा भएको गोली हानाहानमा तीन शिशु र महिलासहित ७० जनाको मृत्यु भएको समाचार छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टीफेन डुजारिकले गोली घट्ना प्रती गम्भीर आपत्ति जनाउँदै हाइटी आतंकीत भएको बताए, साथै राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक रिपोर्ट निकाल्दै आक्रमणमा गिरोहले दर्जनौँ घर र सवारीसाधन समेत जलाएको बताइएको छ ।
दुई गिरोहले करिब ४५ घर, ३४ सवारी साधन जलाएको र नागरिकलाई जबरजस्ती विस्थापन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्वका गरिब मुलुकमध्येको एक हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्स विभिन्न गरोहको कब्जामा रहेको छ । सुरक्षा प्रणाली समेत ध्वस्त छ ।
विगत ६ महिनायता हाइटीमा द्वन्द्वका कारण ७ लाख मानिस विस्थापित भएका छन् । जारी द्वन्द्वका कारण त्यहाँको आधा जनसंख्याले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन ।