काठमाडौ/ देशभर अघिल्लो साता आएको बाढीपहिरोले हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ ।
अझै १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । तिवारीका अनुसार १७८ जना घाइते भएका छन् ।
अहिले सम्म बाढीपहिरो प्रभावित पारेको क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । विभिन्न ठाउँमा अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।