दाङमा जुवा खालबाट नगद सहित ७ जना पक्राउ

घोराही / जुवा खालबाट प्रहरीले बुधबार नगद सहित ७ जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्क स्थित कुमारी होटेलमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा होटेल संचालक ४० वर्षीय बोधधन रोका, घोराही १५ बस्ने ४१ वर्षीय रामचन्द्र बुढा, सोही स्थानका ५६ वर्षीय विष्णु बुढा र ५७ वर्षीय ज्योती बुढा साथै घोराही १५ बस्ने ४३ वर्षीय अम्मर घर्ती, घोराही १४ बस्ने ५६ वर्षीय सुकलाल बुढा र घोराही १३ बस्ने ४१ वर्षीय दिपक बि. क. रहेका छ्न्।

गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यलय दाङबाट प्रहरी निरीक्षक सुरज सिंहको कमाण्डमा खटिएको प्रहरीले नगद रु ५८ हजार ४ सय ५५ रुपैयाँ ३ थान तासको गड्डी सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको दाङ जिल्ला प्रहरी प्रवक्ता एवं सूचना अधिकारी नायव उपरीक्षक इश्वर थापाले जनाकारी दिए।

प्रतिक्रिया दिनुहोस