रोल्पाको माडी गाउँपालिकामा नेकपाको स्टाटसले खैलाबैला एमालेको विज्ञप्ती

रोल्पा/ नेपाल कम्युनिस्ट पार्टी रोल्पाको सामाजिक संजाल फेसबुक मार्फत माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्ती र कर्मचारीलाई लक्षित गरि आएको स्टाटसले खैलाबैला निम्त्याएको छ।

यसै स्टाटसलाई मध्यनजर राख्दै नेपाल कम्युनिस्ट पार्टी ने.क.पा. एमाले माडी गाउँपालिका कमिटी रोल्पाले विज्ञप्ती जारी गरेको छ। विज्ञप्तीमा भनिएको छ। नेपाल कम्युनिस्ट पार्टी रोल्पाको फेसबुक मार्फ सम्प्रेशित माडी गाउँपालिका अध्यक्ष र कर्मचारीलाई लक्षित विषयले हाम्रो पार्टीको ध्यानाकर्षण भएको र यसले सम्पुर्ण माडी बासीहरुमा लज्जित समेत बनाएको विज्ञप्तीमा उल्लेख गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी रोल्पा नामक फेसबुकबाट गाउँपालिका अन्तरगत केही दुई चार जना कर्मचारी भ्रष्ट भएको। गाउँपालिका अध्यक्ष घर्तीले मलाई दश प्रतिशत मात्रै दिने म यति रकम खान्न भनेर कर्मचारीहरुलाई नै त्यो रकम फालिदिएको गाउँपालिका अध्यक्ष घर्तीले स्वीकार गरेको समेत फेसबुक मार्फत सार्वजनिक दाबी नेपाल कम्युनिस्ट पार्टीले गरेको छ। घर्ती नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष हुन।

नेपाल कम्युनिस्ट पार्टी रोल्पाको फेसबुकबाट

 

यति ठुलो भ्रष्टाचारको आरोप प्रति गाउँपालिकाले आज सम्म केहि खण्डन र प्रतिक्रिया जनाएको छैन्। नेकपाले भनेझै यदि गाउँपालिका अध्यक्षलाई दश प्रतिशतले हुन आउने रकम ३ लाख साठी हजार रुपैयाँ हुन्छ। कर्मचारीको भागमा ९० प्रतिशतले ३२ लाख ४० हजार रुपैयाँ भागबन्डा लागेको देखिन्छ।

यो विषयले सामाजिक संजालमा केही टिप्पणी सिर्जना गरेको छ। सबैले चासोका साथ हेरेको। सरोकारवालाले गम्भीर रुपमा चासो राखेको बताइन्छ। गाउँपालिका अध्यक्षलाई गम्भीर प्रश्न समेत उब्जिएको छ। नेकपा एमालेले भ्रस्टाचारको विषय सम्प्रेशित गर्ने नेपाल कम्युनिस्ट पार्टी रोल्पा र आरोपित माडी गाउँपालिका अध्यक्षले यस विषयलाई स्पष्टीकरण पार्न तत्काल सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना गरि विषयलाई टुंगोमा पुर्‍याउन ध्यानाकर्षण सनेत गरेको छ। यदि वेवास्ता गरे कानूनि प्रक्रियामा अगाडि बढ्ने समेत चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस