समाज र अस्पतालको सहयोगमा बिरामीको उपचार

आमाको मृत्यु र बुवा सम्पर्कमा नआएका विरामी  रुपेश वि.क. मंगलबार डिस्चार्ज भएका छन ।

भदौ ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा रुपेश आमा जुनकुमारी वि.क.को मृत्यु भेको थियोे । मृत्यु पछि बुवा सम्पर्कमा नआएपछी र आफन्त नहुदा जुनुकुमारीको काजकिरिया रोल्पाली सेवा समाज, कोर्चाबाङी समाज र करेटी समाजहरुको सहयोगबाट दाहसंस्कार गरिएको थियो । आमाको मृत्यु पछि ४ वर्षीय रुपेश बिरामी परेका थिए । आमाको मृत्यु र बुवा सम्पर्कमा नआए पछि उनको उपचारमा समस्या आएको थियो ।

उपचारमा समस्या भएपछी रोल्पाली सेवा समाज रोल्पाले आर्थिक सहयोग सुरु गरेको समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले जानकारी दिनुभयो । अध्यक्ष वलीले रोल्पा नगरपालिका–१ सानो लिवाङका डिबि कवरले तीन हजार पाँच सय ५०, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष एवं रोल्पाली सेवा समाजका आजीवन सदस्य दर्जीत रोका मगरले तीन हजार पाँच सय, रोल्पाली सेवा समाजका केन्द्रीय उपाध्यक्ष नरेन्द्र जिसीले तीन हजार रुपैयाँ समाजका साउदी शाखा प्रमुख सल्लाहकार रमेश बुढा मगरले दुई हजार सात सय, करेटी समाज दाङका सदस्य आशा कँवर, मलेसियाबाट भानप्रसाद कँवर मगर, समाजका आजीवन सदस्य हाल साउदी बस्ने ओमराज कँ‘वर मगरले दुई हजार पाँ‘च सय रुपैयाँका दरले सहयोग गर्नुभएको बताउनुभयो ।

त्यस्तै समाजका मलेसिया शाखा उपाध्यक्ष कमल महराले एक हजार चार सय ५२ रुपैयाँ समाजका केन्द्रीय सदस्य बेगमबहादुर रोका एक हजार पाँच सय २८, समाजका कतार शाखा बरिष्ठ उपाध्यक्ष दुर्गा खड्काले एक हजार पाँच सय, समाजका दाङ शाखा सदस्य सुनकुमारी घर्ती मगरले एक हजार ५०, समाजका मलेसिया शाखा कोषाध्यक्ष होमराज बाँठाले एक हजार दुई सय ५१ रुपैयाँ, समाजका कतार शाखा आर्थिक सल्लाहकार नन्दकुमार डाँगीले एक हजार दुई सय, कतार शाखा सदस्य विष्णु बुढा मगर र थबाङ–१ का बिनकुमार दर्लामीले एक हजार पाँच सय रुपैयाँका दरले सहयोग दिनु भएको बताउनुभयो । यसैगरी काठमाडौ बाट पासाङ सालखा शेर्पाले एक हजार पाँच सय, समृद्धि अनलाइन खबरका सुबिनराज शेर्पालीले एक हजार एक सय, दाङ देउखुरी समाज युएई सचिव बिपना जीएमले एक हजार २५, समाजका युएई वरिष्ठ उपाध्यक्ष कमल गिरी, करेटी समाज दाङ सदस्य निर्मला बुढा मगर, रोल्पाली सेवा समाजका दाङ शाखा उपाध्यक्ष कल्पना घर्तीले एक हजार पाँच रुपैयाँका दरले सहयोग गर्नुभएको थियो । घोराही–१५ का दिलमाया पुन मगर, कोर्चाबाङका अमृता दर्लामीले एकहजार रुपैयाँका दरले सहयोग दिनुभयो । दाङ देउखुरी समाज युएई सचिव विपना जीएमले एक हजार, रोल्पाली समाज दाङका सदस्य कमिनी रोका मगरले पाँच सय ५०, करेटी समाजका दाङका सदस्य कौशिला विकले पाँच सय पाँच, त्रिवेणी–४ रोल्पाका बसन्त छिनालले पाँच सय, करेटी समाजका सदस्य कमला बुढाले पाँच सय पाँच, दुर्गा विश्वकर्माले पाँच सय पाँच गरी जम्मा ५० हजार नौ सय ११ रुपैयाँ जम्मा भएको र सो रकम मंगलबार विरामी लाई हस्तान्तरण गरिएको अध्यक्ष वलीले बताउनुभयो ।

त्यस्तै विरामीको उपचार सहयोगको लागि प्रतिष्ठानले फार्मेसीको सबै रकम छुट दिएको छ । प्रतिष्ठानका शाखा अधिकृत  रमिता गौतमले फर्मेसीको ८ हजार ७ सय रुपैयाँ छुट दिएको बताउनुभयो । उहाले बच्चामा कुपोषण भएकोले अहिले एक महिना खानाको तालिका सहित डिस्चार्ज गरिए पनि एक महिनामा परिवर्तन नभए बच्चालाई पोषण गृहमा राखेर थप उपचार गर्नुपर्ने  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस