दाङमा लागूऔषध सहित ३ जना पक्राउ

लागूऔषध ब्राउन सुगर सहित दाङको तुलसीपुरमा ३ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालीका १७ निवासी शान्त राज योगी, तुलसीपुर उपमहानगरपालीका ६ का निवासी सरोज डाँगी र सोहि ठाउँ निवासी बिक्रम श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।

लागूऔषध कारोबारो गरिरहेका भन्ने गोप्य सुचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली सो स्थानमा गएको थियोे । प्रहरीले खानतलासी गर्दा सरोज डाँगीको पर्स भित्र प्लाष्टिकको पुडिया फेला पारी प्लाष्टिक सहित तौल गर्दा ३ सय ४० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा २ सय ७० मिलिग्राम लागु औषध सहित आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका हरुलाइ जिल्ला अदालत दाङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस